सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही

सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । आईतबार दिउँसो लालबन्दी– १ नवलपुरमा निर्माणाधिन विद्युत सब–स्टेशनको परिसरमा पानी तान्ने मेसिन जोड्ने क्रममा सर्ट भइ मेघबहादुर बम्जनको ज्यान गएको हो ।

केही दिन अघिदेखि ठेकदारमार्फत् मजदुरको काम गर्दै आएका साविक नेत्रगन्ज– ९ पलारका बम्जनको विद्युत सर्ट भइ घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

यसअघि हरिवन १२ मा रहेको उत्सब इलेक्ट्रीक वर्कसपमा काम गर्ने एक मजदुरको ज्यान गएको थियो । भने हप्ता दिनअघि मात्रै हरिवन ६ घुरकौलीमा पानी तान्ने समरसियल मोटरमा लाईन जोड्ने क्रममा १२ वर्षीय बालकको करेन्ट लागेर ज्यान गएको थियो ।

१० दिनभित्र करेन्ट लागेर १ बालकसहित ३ जनाको ज्यान गएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका