नृत्य निर्देशक संघ भक्तपुर शाखाको साधारणसभा सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
भक्तपुर

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा शाखाको तर्फबाट अध्यक्ष दिपक बज्राचार्य, कोषाध्यक्ष प्रदिप श्रेष्ठ र सचिव चुडामणि फुयालले आफ्नो आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथि भुवनदास श्रेष्ठले यस्तो परिस्थितिमा सम्पूर्ण नृत्य निर्देशक एक हुनुपर्ने बताउँदै संघमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई स्वागत गरेका थिए ।

अध्यक्ष श्रेष्ठले आबद्व सदस्यहरुलाई सदस्यता कार्ड वितरण गरेका थिए ।


संघका केन्द्रीय महासचिव निरिपध्वज खत्री, केन्द्रीय सह–कोषाध्यक्ष केशव कोइराला, काभ्रे जिल्ला शाखाका उपाध्यक्ष नारायण हेङ्गजु, काठमाडौं जिल्ला शाखाबाट उपाध्यक्ष अर्जुन लामा, सचिव देवराज गुरुङले शाखाको प्रगतिको कामना गर्दै शुभकामना दिए । त्यस्तै ललितपुर जिल्ला शाखाका आजिवन सदस्य सुरेन्द्र देशार, समाजसेवी प्रभु भक्त माडी श्रेष्ठ, नमस्ते ख्वप टिभीका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठ र भक्तपुर जिल्ला शाखाका निवर्तमान अध्यक्ष द्वारिका अधिकारीले पनि शुभकामना दिए ।

साधारणसभाको प्रत्यक्ष प्रसारण नमस्ते ख्वप टिभीबाट भएको थियो ।

कार्यक्रमको संचालन सचिव चुडामणि फुयालले गरेका थिए भने अध्यक्ष दिपक बज्राचार्यको सभापतित्वमा सम्पन्न भएका हुन् ।

तपाईको प्रतिक्रिया