साउदीमा सोमबार झन्डै ६ सय कोरोना संक्रमित निको

साउदीमा अहिलेसम्म तीन लाख ३६ हजारभन्दा धेरै संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा दैनिक कोरोना भाइरस (कोभिड-१९) संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा सोमबार ३७९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा बताए ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म यहाँ तीन लाख ३६ हजार ७६६ जना कोरोना संक्रमित पुगिसकेका छन् ।’ कुल संक्रमितमध्ये ९ हजार ८१३ जनाको साउदीको विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ ती उपचाररतमध्ये ९३८ जना बिमारीहरु गम्भीर अवस्थामा रहनुभएको चिकित्सक साथीहरू बताउनुभएको छ ।’

त्यसैगरी यहाँ सोमबार ५७० जना कोरोना बिरामीहरु उपचारपछि घर फर्किएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म तीन लाख २२ हजार ५५ जना कोरोना संक्रमितको उपचार भैसकेका छन् ।

साउदी अरेबियामा कोरोनाबाट हुने मृत्युदरमा पनि कमी आएको छ । यसै क्रममा सोमबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. अब्दुलीले बताए । प्रवक्ता डा.अब्दुलीका अनुसार हालसम्म कोरोना भाइरसबाट यहाँ ४ हजार ८९८ जनाले ज्यान गुमाएका छन् ।


साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये ७० भन्दा बढी नेपालीको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया