ताल्चेली घिसिङ- २ तयार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायक सिद्धार्थ घिसिङको ताल्चेली घिसिङ-२ गीत तयार भएको छ । सोमबार छायांकन सकिएर सम्पादन भइरहेको गायक घिसिङले जानकारी दिए । उनका अनुसार सेलो डान्सिङ बिटमा रहेको गीतमा आफ्नै शब्द, संगीत र आवाज रहेको बताए ।

संगीत संयोजन पवनवाङ लामा घिसिङको रहेको छ । आगामी शुक्रबार बजारमा आउने तयारीमा रहेको भिडियोमा केही अनुभवी र केही नयाँ कलाकारहरुको अभिनय रहेको पनि गायक घिसिङले जानकारी दिए।


रामेछाप खाँडादेवी–६ कुवापानीमा जन्मेका गायक घिसिङले आफ्नो पुर्खाको इतिहासलाई उजागर गर्न घिसिङहरुको उद्गमस्थल रामेछाप दोरम्बास्थित ऎतिहासिक ताल्च्योगढीलाई गीतमा बर्णन गरिएको बताए । उनले भने, ‘यस अघिको गीतमा झै यस गीतमा पनि दर्शकको माया पाउनेमा आशा रहेको छु ।’

सिद्धार्थले यसअघि यसै गीतको पहिलो संस्करण ताल्चेली घिसिङ–१ आधुनिक, पप, सेलो पप लागयत गरि डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।

हाल उनी बिदेशमा रहेर पनि सांगीतिक सिर्जनालाई निरन्तरता दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया