जनरल इन्स्योरेन्सको आईपीओमा पाँच लाख बढीको हात खाली

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि विक्री गरेको आईपीओमा पाँच लाख बढीको हात खाली भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलबार बाँडफाँड भएको शेयरमा २ लाख ७३ हजार जनाले मात्र पाएका छन् ।

आइपीओमा ७ लाख ९४ हजार ५४६ आवेदनबाट २ करोड १४ लाख १० हजार ७१० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई १० कित्ताका दरले बाँडफाँड गरिएको हो।


आवेदन दिने मध्ये ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खाली भएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदक परेका छन् । २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेका थिए । जसमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

तपाईको प्रतिक्रिया