गुफा बस्दा ज्ञान प्राप्त हुन्छ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेका युवाहरु लामा विद्याको संरक्षणसँगै निरन्तरता दिन लागिपरेका छन् ।

धुन्चेका स्थानीय लामा रेन्जेन घलेका अनुसार आफ्नो पुर्खादेखिको रीतिरिवाज, धर्म, लोप हुन नदिन र आज पनि परम्परालाई जिवन्त राख्न असार २ गतेबाट असोज २६ गतेसम्म गुफा (छम) बसी ध्यान गरी निस्किदै छन् । उनीहरुले ध्यानमा बस्दा लामाका सम्पूर्ण विधिहरु सिक्न पाइन्छ, लामा घलेले भने ।

‘छाया बुम मन्त्र एक लाख एक हजार एक सय एघार पटक भगवानप्रति एक महिना जप्ने गरिन्छ,’ उनले भने, ‘हिग्या दोर्जे सेम्पा (बज्रदेवता) को ज्ञान प्राप्त गर्न ९१ वटा अंक रहेको एक लाख एक हजार एक सय एघार मन्त्र एक महिना लगाएर जप्ने गरिन्छ ।’

गुफामा साल्देव र यसमा आफुले पुज्दै आएको सम्पुर्ण बुद्धहरु चिनाउने गरिन्छ । यस्तै फोज्ये (टुपी मन्त्र) यो कार्य २४ घण्टाभित्र प्राप्त गर्नुपर्ने लामा घलेले बताए । यसको कारण आफु मर्दा जाने बाटो थाहा पाउन र मानव जातिमा आपतविपत परि मरेका व्यक्तिकोे टुपी निकाल्ने (फोवा) र बुद्ध बास गर्ने ठाउँमा मृतकको आत्माले शान्ति पाउने कार्य यस विधाबाट गर्ने भएको तिन महिना २५ दिनको कठोर तपस्या गरि आफ््नो भइरहेको परम्परालाई जोगाई राख्न लागी परेका छन । यस्तो कठोर गुफा बसेको २४ घण्टा पछि १५ दिनसम्म मन्त्र जप्ने कार्य हुने लामा घलेले जानकारी दिए ।
धुन्चेबासीहरुले आफ्नो परम्परा छोडेका छैनन् । आफ्नो संस्कृतिलाई जोगाएका छन् । धुन्चेका आठ जना युवाहरुले अहिलेको जमानामा पनि धर्मकर्ममा लागेको भन्ने जमतमा आफ्नो पुर्खाहरुले गरेको काम गुफा बसी लामा विधा सिकेर अगाडी बढनुपर्छ भनेर लागिपरेका छन् ।

तामाङ समुदायको बाहुल्यता रहेको धुन्चेमा आफ्नो धर्मलाई जिवन्त राखि बोलिचाली, रहनसहन, भेषभुषाको जगेर्ना गरि आफ्ना कलालाई मास्न दिएका छैनन । यहाँको चलन आफ्नो ठाउँमा आएका पाहुनाहरुलाई एकदमै आतिथ्य सत्कार गरि आफ्नो पहिचानकोबारे जानकारी दिने गर्दछन । तामाङ संस्कृति झल्कने तामाङ संग्राहलय समेत यहाँ छन् ।


संस्कार मासिने चिन्ता थियो, अहिले युवाहरुको जमातले यो बचाउन लागि परेका छन्, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने ।

धुन्चेमा लामा विधा र झाँक्री विधा जिवित नै छन् । आठ युवाहरु गुफाबाट निस्केपछि लामाका विधिहरु गर्न पूर्णता पाउने लामा आशिष घलेले बताए ।

उनले भने, ‘आजको युगमा आफ्नो पहिचान, कला संस्कृति भेषभुषा हराउदै गएको छ । हामी विदेशी रहनसहनमा भुलिसक्यो त्यसैले हामी युवाले नगरे कसले गर्छ भनेर आफ्नो संस्कृति जोगाएका हौँँ ।’

तपाईको प्रतिक्रिया