बिगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगी बिरबहादुर लो र मनमाया मोक्तानको लागि दक्षिण कोरियाबाट सहयोग गरेको छ ।
बिकी तामाङ, मानकुमार लामा, सोम योन्जन, सुमन लोको पहलमा रोजगारीको सिलसिलामा त्यहाँ रहेका ५२ जनाबाट संकलित १ लाख १७ हजार रकम सहयोग गरेको हो ।
संकलित रकम सामाजिक अभियन्ता विश्वास ब्लोन र बिरमान तामाङको सहजीकरणमा नेपाल तामाङ घेदङको केन्द्रीय कार्यालयमा आइतबार घेदुङका महासचिव महितकुमार लामाद्वारा बिरामीलाई हस्तान्तरण गरिएको हो ।