निजगढ नगरपालिकाद्वारा वारुणयन्त्र संचालन

नवराज चौलागाईं सञ्चारकर्मी
निजगढ, बारा

निजगढ नगरपालिकाले वारुणयन्त्र संचालनमा ल्याएको छ । बुधबारदेखि नगरपालिकाले आफ्नै वारुणयन्त्र संचालनमा ल्याएको हो । नगरपालिकाले ५९ लाख भन्दा बढी लागतमा वारुणयन्त्र खरिद गरेको हो ।

वारुणयन्त्र खरिद गर्नका लागी नगरपालिकाले गत वर्ष नै रकम विनियोजन गरेको थियो । नगरभित्र हुने आगलागीका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र संचालनमा ल्याएको निजगढका मेयर सुरेश कुमार खनालले बताए । मेयर खनालले सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरुको समन्वयमा वारुणयन्त्र संचालन गरिने जानकारी दिए ।

यसअघि निजगढ नगर क्षेत्रमा आगलागी लगायतका घटना हुँदा अन्य स्थानबाट वारुणयन्त्र बोलाउनु पर्ने बाध्यता रहेको थियो । वारुणयन्त्र संचालनमा आएसँगै नगरक्षेत्र र आसपासमा हुने आगजनी नियन्त्रण गर्न सहज हुने मेयर सुरेश कुमार खनालले बताएका छन् । नगरपालिकाले ४ हजार लिटर क्षमताको वारुणयन्त्र खरिद गरेको हो ।

तपाईको प्रतिक्रिया