भिरबाट लड्दा सहीदभूमिका राईको मृत्यु

धनकुटा

धनकुटाका शहीदभूमि गाउँपालिकामा भिरबाट लडेर एक व्यक्तिको मृत्यू भएको छ । मृत्यु हुने वडा नं.७ का उपकान्छा भनेर चिन्दै आएका रामकिसन राई हुन् ।

उपकान्छा दिदिको घर गाउँपालिका-६ च्याख्लाबाट बुधबार बेलुका करिब ६ बजेतिर घर जना हिडेका थियो । अन्दाजी ४५ वर्षका राईको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष मनोज राइले जानकारी दिए । उनका अनुसार शहीदभूमि गाउँपालिकाको-६ मा रहेको हाँङखा भिरबाट चिप्लेर ३ सय मीटर तल खसेको अवस्थामा राईको शव भेटिएका हुन् ।

‘ साँझ घर जान्छु भनेर निस्केको राई घर नपुगेपछि स्थानियले खोजी गर्दा हाङ्खा भिर मुनि मृत अवस्थामा भेटिएको,’ गाउँपालिका अध्यक्ष राईले भने,’ इलाका प्रहरी छिन्ताङ र मृतकको आफन्तलाई खबर गरिसकेको छौं ।’ अध्यक्ष राईका अनुसार मृतक राइको श्रीमती र एक छोरा छन् ।

 

तपाईको प्रतिक्रिया