सहीदभूमिमा कोरोना प्रभावित किसानलाई राहत प्याकेज

धनकुटा

धनकुटाको सहीदभूमि गाउँपालिकामा कोभिड-१९ प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप एक करोड बराबरको राहत वितरण कार्यक्रम सुरु भएको छ ।

उक्त राहत स्वीस बैंकको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल धनकुटाले जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत एक करोड बराबरको गाउँपालिकाको १८ सय १४ घर धुरी कृषकलाई कृषिजन्य बिउ बिजन तथा कृषि सामाग्री वितरण गर्न लागेको गापाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

गापा अध्यक्ष राईका अनुसार मंगलबारको बैठकबाट जीविकोपार्जन सुधार कार्यक्रमलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरी कार्यन्वयन गरेका हुन् ।

राज्यले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि गाउँगाउँ टोलटोलमा गरीब कृषकहरुलाई राहत वितरण गरिन्ने कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष राईले बताए । उनका अनुसार ‘ सरकारी, गैरसरकारी राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गर्दै कृषि क्षेत्रको आमुल परिवर्तणमा लागिरहनेछु,’ अध्यक्ष राईले भने,’ अहिले पनि कारितास नेपाल र पर्डेप नेपालसँग समन्वय गरी कृषकलाई राहत वितरण गर्न लागेको छौं ।’ अध्यक्ष राई भन्छन् ‘ बिउ बिजन वितरण प्याकेज कार्यक्रमले शहीदभूमि गाउँपालिकामा अहिले वार्षिक ५ हजार मेट्रिकटन टमाटार उतपादन हुने गरेको र उल्लेखित उत्पादनबाट वार्षिक २० करोड रुपैयाँ भित्रिरहेको छ ।’


कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विकले कृषकहरुलाई टमाटर, काउली, बन्द,सिमि, प्याज, रायोसाग लगायत तरकारी बालीको विउ तथा मल चाँडै वितरण गर्ने बताए । उनले कृषि प्रशिक्षण, कृषि मेसिनहरु, हजारी स्प्रे लागायतको समाग्री पनि राहत प्याकेजमा रहेको जानकारी दिए । बैठकमा हात धुने कार्यक्रम अन्तर्गत प्रत्येक वडा तथा विद्यालयमा हजार लिटरको ट्याङ्की वितरण गरिन्ने निर्णय भएको कार्यक्रम संयोजक विकले बताए । उनका अनुसार किसानलाई वितरण गरिन्ने राहत प्याकेज सामाग्री खरिदका लागि टेन्डर भइसकेको छन् ।

कार्यक्रमा सदिभूमि गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई, प्रशासकीय प्रमुख राजकुमार शाक्य, ५ नं वडाध्यक्ष माल्सु राम राई, २ न वडाध्यक्ष रत्न बहादुर राई, पर्डेप नेपाल धनकुटाका अध्यक्ष नरेन्द्र पोख्रेल, पर्डेप नेपाल धनकुटाका कृषि विशेषज्ञ सूर्य प्रसाद सापकोटा र गाउँपालिकाको कृषि प्रा.सा खिर प्रसाद राई लगायतको सहभागीता रहेको थियो ।

कृषकलाई विउ विजन वितरण कार्य दशै अगाडि सम्पन्न गर्ने योजना रहेको गरीबी निवारण परीयोजना करितास नेपालले जनाएको छ । बैठकको सहजीकरण पर्डेप नेपाल धनकुटाका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले गरेको थियो ।

 

तपाईको प्रतिक्रिया