तामाङ गीत ‘मायाला जोङ’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तामाङ गीतसंगीतमा एउटा म्युजिक भिडियो थपिएको छ । हिरा लामा ‘जिकज्याक’द्वारा निर्मित ‘मायाला जोङ’ को भिडियो बिहीबार सार्वजनिक भएको छ ।

गायक एवं संगीतकार विशाल काल्तान र गायिक जितु लोप्चनले स्वर दिएका छन् ।

संगीत गायक काल्तानकै र संगीत संयोजन अनि मिक्सिङ दिपेश प्रधानले गरेका छन् । भिडियोको निर्देशन अनि कोरियोग्राफी अनिश लामाको रहेको छ।


काभ्रे रोशीस्थित तिनधारे झरनामा दृश्यांकन गरिएको भिडियोमा हिरा र कुसुम मगरले अभिनय गरेका छन् ।

सिंग मोक्तानको शब्दमा रहेको गीतमा मायाको संसारमा सबै सकारात्मक र इतिहास हुने बताएको छ । मायामा आफ्नै संसार र मुलुक रहेको समेत शब्दकार मोक्तानले बुनेको छ ।

छायांकनमा मुकेश हुमागाई, सम्पादनमा दिपक बिष्ट, ड्रोनमा प्रमोद श्रेष्ठको काम उत्कृष्ट छ ।

तपाईको प्रतिक्रिया