दुधपोखरी कांग्रेस सम्पर्क मञ्चद्वारा मृगौला फेललाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

दुवै मृगौला फेल सुमन श्रेष्ठले आर्थिक सहयोग पाएको छ । दोलखा जिल्ला शैलुङ गाउपालिक- १ कल्लबारीका श्रेष्ठले नेपाली कांग्रेस दुधपोखरी-काठमाडौं सम्पर्क मञ्चको पहलमा आर्थिक सहयोग पाएको हो ।


मंचको पहलमा मृगौला फेल श्रेष्ठलाई असोज २१ गते ७६ हजार २०५ रुपैयाँ सहयोग गरेको नेपाली काङ्ग्रेस शैलुङ गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष श्यामलाल घिसिङले जानकारी दिए । उनका अनुसार श्रेष्ठको स्वास्थ्यलाभको कामनासहित संकलित आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

अभियानलाई संघीय संसद जिप छिरिङ लामा, दोलखाका कांग्रेस सभापति रुद्र खड्का, महासमिति सदस्य आङनिमा शेर्पालगायतले सहयोग गरेको शैलुङ काङ्ग्रेसका कोषाध्यक्ष घिसिङले बताए ।

ललितपुरको टीकाथलीस्थित डेरामा बस्ने १७ वर्षीय मृगौला बिरामी श्रेष्ठ २०७६ फागुनदेखि पाटन अस्पतालमा उपचाररत छन् । बिरामी श्रेष्ठले सहयोगदाताहरुलाई धन्यवाद दिदै देशविदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया