धिमाल विद्यार्थी मंचको अध्यक्षमा तेजबहादुर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मोरङ

धिमाल विद्यार्थी मंच केन्द्रीय कार्यसमितिको चौथो राष्ट्रिय अधिवेशनबाट तेजबहादुर धिमाल अध्यक्षतामा २१ कार्यसमिति चयन गरेको छ ।

अधिवेशन मोरङको उर्लाबारी-३,स्थित धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको सभाहलमा सम्पन्न भएको थियो कार्यसमितिमा उपाध्यक्ष दिपेन धिमाल, अन्जु धिमाल महासचिव सृजना धिमाल सचिव विबेक धिमाल कोषाध्यक्ष सरल धिमाल चयन भएको छ ।


त्यसैगरी सदस्यहरुमा क्रमशः सुनिल धिमाल, विकास धिमाल, विजय धिमाल, गौरी धिमाल, प्रकृति धिमाल, देविका धिमाल, अस्मिता धिमाल, सुनिता धिमाल, मनिषा धिमाल, वर्षा धिमाल, ज्योति धिमाल, रविना धिमाल, निसान धिमाल, गौरव धिमाल र बिनिता धिमाल चयन भएका छन् ।

कार्यक्रममा मोरङ, झापा, सुनसरी र काठमाडौंमा अस्थायी तथा स्थायी रुपमा बसी अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिरहेको नवनिर्वाचित अध्यक्ष तेजबहादुरले जानकारी दिए । कार्यक्रममा सहभागी वक्ताहरुले देशभरका समस्या पहिचानगरी शिक्षा क्षेत्रमा अगाडि बढ्नुपर्ने बताए । उनीहरूले सरकारले दिएको अधिकारलाई मध्यनजरगरी बढ्ने र बढाउने, शिक्षा हाँसिलसँगै जाति भित्रका पृष्ठभूमि र समस्यामा समेत जागरुक र सहयोगी हुनुपर्ने भनाइरहेको थियो ।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष नम्बरलाल धिमाल, महासचिव केदार धिमाल, किँरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राई लगायत रहेका थिए । धिमाल विद्यार्थी मंचका अध्यक्ष तिलक धिमालको सभापतित्व सम्पन्न कार्यक्रम मंञ्चका उपाध्यक्ष अष्ठनारायण धिमालले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया