गायक घिसिङको गीतमा वसन्त र नम्रताको प्रेम

काठमाण्डौं

गायक सिद्धार्थ घिसिङको ताल्चेली घिसिङ -२ सेलो पप गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ।


गायक घिसिङको आफ्नै शब्द , संगीत र आवाज रहेको यस गीतमा संगीत संयोजन पवन वाङ लामा घिसिङको रहेको छ । म्युजिक भिडियोमा उत्कृष्ट प्रेमील भावमा मोडेलद्वय वसन्त तामाङ र नम्रता बुढाथोकीको अभिनय देख्न सकिन्छ। मोडेल तामाङ र बुढाथोकी यस अघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेका अनुभवी कलाकारहरु हुन् ।

दृश्य छायांकन मनोज वान्तवा राई र दुर्गा राइले गरेका हुन् । कलाकारहरुको वास्तविक अभिनय उतार्न कोरियोग्राफी र निर्देशन सन्दीप फागमी मगरले गरेका छन् । यस गीतमा गायक घिसिङको गायन र संगीत पक्ष तारिफ योग्य रहेपनि शब्द चयनमा भने एकाध हरफहरुमा चुकेको देखिन्छ । तर युवा कलाकारहरुको बेजोड समिश्रण रहेको भिडियो समग्रमा हेर्दा राम्रो बनेको छ।उसै त घिसिङले यसअघि नशालु नयन…., भेट्ने मन छ तिमीलाई… , पूर्णेको जून जस्तै…., हिँड्छेउ बाटो…., ताल्चेली घिसिङ-१ सहित सेलो, पप र आधुनिक गरि दर्जनौं गीतहरु बजारमा ल्याइसकेका छन् ।

रामेछाप खाँडादेवी ६ कुवापानीमा जन्मेका गायक घिसिङले आफ्नो पुर्खाको इतिहासलाई उजागर गर्न घिसिङहरुको उद्गम थलो रामेछाप दोरम्बा स्थित ऎतिहासिक ताल्च्यो गढीलाई गीत मार्फत वर्णन गर्न खोजिएको छ । उनीले प्रवासमा रहेपनि आफ्नो सांगीतिक यात्राको क्रमभंग गरेको छैन ।

तपाईको प्रतिक्रिया