रसुवामा सुन सहित एक पक्राउ

सरस्वति न्यौपाने सम्वाददाता
0 Shares
रसुवा

गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा प्रहरीले चेक जाँचको क्रममा सुनसहित एकजना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक इश्वरी प्रसाद भण्डारीका अनुसार टिमुरेबाट स्याफ्रुतर्फ जाँदै गरेका कालिका- २ का नेमा कर्मा लोप्चनलाई शंका लागरे खानतलासी गर्दा उनको शरिरबाट १०२.४९ ग्राम बराबरको सुनको बेरुवा औठी तीन थान बरामद गरिएको हो ।

लोप्चनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सुनसहित राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरी निरिक्षक भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका