समाजसेवी कर्मसिद्धि लामाको निधन

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

समाजसेवी कर्मसिद्धि लामाको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । परिवार स्रोतका अनुसार गम्भीर बिरामी भई केही दिनदेखि मेडिसिटी अस्पताल ललितपुरमा उपचाररत लामाको शुक्रबार दिउँसो निधन भएको हो ।

नेपाल तामाङ घेदुङ लामा समितिका संस्थापक संयोजक लामाले लामा घेदुङको विस्तार तथा तामाङ लामाहरुलाई संगठित गर्न ठूलो योगदान पर्याएका थिए । लामाले छ्योर्तेन टाशी तामाङ गुम्बा (नयाँबस्ती, बौद्ध) र जम्बुडाँडा दुर्सा निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए ।

लामाको निधनप्रति शोक वक्तव्य प्रकाशन गरी नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले भनेको छ ‘उहाँको निधनबाट नेपाल तामाङ घेदुङले संस्था स्थापनाकालको कठिन परिस्थितिमा भूमिका निर्वाह गरेका एक अग्रज गुमाउनु परेको छ । यसबाट तामाङ समाजलाई अपुरणीय क्षती पुगेको छ । यो शोकको घडिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’
स्वर्गीय लामाका दुई छोरा र तीन छोरी छन् ।

तपाईको प्रतिक्रिया