अत्तरपुरकी स्वास्थ्यकर्मी कोरोना मुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-४ अत्तरपुर स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी संक्रमण मुक्त भएकी छिन् । स्वास्थ्यकर्मी कोरोना मुक्त भएको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालका अनुसार उनलाई यही असोज ९ गते पिसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई चौतारा लगिएको र आईसोलेसनमा राखेर उपचारपछिको पिसीआर रिपोर्टले नेगेटिभ देखिएका हुन् ।

लिसंखुपाखर गाउँपालिकाका अझै ७ जना काेराेना संक्रिमत आईसुलेसनमा उपचाररत छन् । गाउँपालिका अध्यक्ष नेपाल अनुसार थप ७५ जनाको स्वाब संकलन गरी प्रादेशिक कोरोना प्रयोगशाला धुलिखेलमा पठाइएकाेमा अझै रिपाेर्ट आइसकेको छैन ।

तपाईको प्रतिक्रिया