पूजाको आप्पाको छोरी सार्वजनिक

काठमाण्डौं

गायिका पूजा तामाङको आप्पाकी छोरी सेलो गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ।

संगीतकार चन्द्र कुमार दोङको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको यस गीतमा गायिका तामाङको कोकिलकण्ठ आवाजले सुमधुर बनाएको छ। म्युजिक भिडियोमा मोडेल निरन्जली लामा, चन्द्र कुमार दोङ, राजेन्द्र तामाङ र पूजा स्वयंको अभिनय देख्न सकिन्छ। सुर्य लामाको छायांकन र बज्र ङ्यासुरको सम्पादन रहेको भिडियोलाई प्रतीक ङ्यासुरले निर्देशन गरेका हुन् ।

भिडियो निर्माण पक्ष धेरै राम्रो बने पनि शब्द,संगीत र संगीत संयोजन एउटै सर्जकको भएकोले गीतको मेलोडी सुन्दा उहाँद्वारा सिर्जना गरिएको पुरानै गीतहरुका आभास प्रशस्त पाइन्छ। यद्यपि संगीतको औपचारिक ज्ञान लिएकी पूजाले आफ्नो गायनमा कुशलतापूर्वक न्याय गरेको पाईन्छ। समग्रमा यो गीत राम्रो बनेको छ। दर्जनौं गीत बजारमा ल्याइ सकेका पूजाको यस गीतको अहिले सर्वत्र बजारमा चर्चा रहेको छ।

तपाईको प्रतिक्रिया