प्रवासी एकता मंच दमाम पुनर्गठन, अध्यक्षमा न्यौपाने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

प्रवासी एकता मंंचको क्षेत्रीय समिति दमाम पुनर्गठन भएको छ । दमाम कोर्नेसमा भएको मंचको पुनर्गठनबाट विष्णु न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।


पुनर्गठन समितिका सचिवमा भीमबहादुर लिम्बु चयन भएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः केएर सिंह तामाङ, होमबहादुर तामाङ, लाल मोक्तान, सोम लामा, गौतम उप्रेती, हेम राज रसाईली, ज्ञानबहादुर मोक्तान चयन भएका छन् । उनका अनुसार मञ्चको प्रमुख सल्लाहकार बिएस अधिकारिरहेको छ ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च साउदीका अध्यक्ष शिवराज जैसीले शुभकामना मन्तव्यका क्रममा संगठनको सिद्धान्त, गोपनीयता र रणनीतिको बारेमा स्पष्ट पारेका थिए । मंचका केन्द्रीय सदस्य रामचन्द्र वाग्लेले कार्यक्रममा स्वागत राखेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्यहरू कमल शाही ओम घले,रुपक वाईबा, लगायतले मन्तव्य राखेको थियो ।

शुक्रबार भएको कार्यक्रममा प्रवासी नेपाली एकता मंच साउदीका केन्द्रीय सदस्य स्व: पर्शुराम मिश्रको १३ औं पुण्य तिथि पारेर श्रद्धाञ्जली सभासमेत गरेको थियो । कार्यक्रम यम बोम्जन लामाले सञ्चालन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया