‘साँखु मालपोत उपत्यकाकै दोस्रो प्रविधिमैत्री मालपोत’– मन्त्री अर्याल

7 Shares
काठमाडाैं
फाइल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय सेवा प्रवाह अन्तर्गत पर्ने भएकोले मन्त्रालय अन्र्तगतका कामकारवाही छिटोछरितो, आधुनिक, सुव्यवस्थित र सेवाग्राहीमैत्री बनाउँनका लागि प्रविधि ल्याएको बताइन् ।

सोमबार ‘साँखु मालपोत आधुनिक सुविधायुक्त मालपोत’ घोषणा कार्यक्रममा मन्त्री अर्यालले आधुनिक नेपाललाई सार्थक बनाउन प्रविधिले पनि सहयोग गर्ने बताइन् । ‘साँखु मालपोत उपत्यकाकै दोस्रो र नमुना हो, प्रविधिमैत्री मालपोत हो । अब फाइल बोक्नु पर्दैन, हामीले सिस्टम दिने हो । सबै डकुमेन्ट पेनड्राइभले नै गरिने छ ।’

‘सेवाग्राहीले नै कर्मचारीलाई पैसाको लोभ देखाएर कामकारवाहीमा उथलपुथल ल्याउने गरेका छ ।’ मन्त्री अर्यालले भनिन्, ‘बाहिरा सुशासनको कुरा गर्ने, भित्र सुशासनको धज्जी उडाउने ? अब प्रविधिले यसो दिने छैन । प्रविधिलाई असफल बनाउन सेवाग्राही र कर्माचारीलाई छुट हुने छैन ।’ मन्त्री अर्यालले थपिन्– ‘सिस्टम सुधारेर मात्रै हुँदैन मन मश्तिष्क सुधार्नु जरुरी छ ।’

यसैगरी प्रदेश नं. ३ का सांसद मनिराम फुँयालले कित्ताकाट बन्द र खुल्लाले जग्गा किनबेचमा समस्या आएको बताउँदै नीतिगत सुधार गर्नुपर्ने सुझाव दिए । उनले अपरतामाकोशीले १७ जनाको जग्गाको मुआब्जा छुटेकोले तुरुन्त फाइल अगाडी बढाउनसमेत अनुरोध गरे । यो आधुनिक मालपोतले सेवाग्राहीलाई सहजता थपेको बताए ।

https://youtu.be/3dYr4CncglE?t=5

संसाद सरिता न्यौपानेले आधुनिकीकरणले अब आफ्नो जग्गाको अवस्थाबारे घरमै बसीबसी जानकारी लिन सक्ने बताइन् । उनले थपिन, ‘मोबाइलबाटै घर जग्गा किनबेच गर्न सकिने प्रविधि आएको छ ।’

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले देशभरका १ सय ३० मध्ये यो चौथो आधुनिक मालपोत भएको उल्लेख गर्दै उपत्यकाको भने दोस्रो रहेको बताए । सचिव मैनालीले थपे, ‘सेवाग्राहीलाई चुस्त पारदर्शी र सजिलोका लागि यो सेवा उपयुक्त रहेको छ ।’

शंखरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठले हदबन्दीले गर्दा जग्गा दर्ता र नामसारी गर्न सहज नभएको बताउँदै यो प्रविधिमैत्री मालपोतले सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया