मुख्यमन्त्रीद्वारा निर्माणाधीन पुलको निरीक्षण

पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण पूरा गर्न निर्देशन दिएको छ । पोखरा महानगरपालिका वडा नं १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधीन पक्की पुलको शनिबार निरीक्षण गर्दै मुख्यमन्त्रीले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास निर्माणमा प्राविधिकको निगरानी एवम् स्थानीयवासी तथा जनप्रतिनिधिको जागरुकता हुनुपर्ने मुख्यमन्त्री गुरुङको तर्क छ । पृथ्वीराजमार्गको विजयपुरपुलको विकल्पका रुपमा प्रदेश सरकारको रु एक करोड २८ लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो । पच्चिस मिटर लम्बाइ तथा दायाँबायाा पैदलमार्गसहितको डबल लेनको सो पुल आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निरीक्षणमा प्रदेश, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलगायत प्रदेशका उच्च अधिकारीको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया