किस्पाङका चार कर्मचारीलाई कोरोना पुष्टि, गापा सेवा बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन
नुवाकोट

किस्पाङ गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार ४ जना कर्मचारीको रिपोर्ट पोजिटिभ आएको गाउंँपालिकाले जनाएको छ ।

गाउँपालिकामा यस अघि काम बिशेषले सम्पर्कमा आएकहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरिरहेको अध्यक्ष छत्रबहादुर लामाले बताए । उनका अनुसार गाउँपालिकामा आइतबारदेखि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सावधानी अप्नाउन सुझाएका छन ।

गाउँपालिकामा आइतबारदेखि अत्यावश्यक कामबाहेक सबै सेवा बन्द गरिएको सूचना जारी गरेको छ ।

तपाईको प्रतिक्रिया