पिएलटिभी सिङ्गीङको उपाधी टेकेन्द्रलाई

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मोरङ

पिएलटिभी एचडी मेघा स्टार अनलाइन सिङ्गीङ प्रतियोगिताको उपाधी टेकेन्द्र गुरुङले हात पारेका छन् । अनलाइनबाट आयोजना गरिएको रियालीटी सो को शनिबार भएको ग्राण्ड फिनालेमा मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्रले उपाधी हात पारेका हुन् ।


दुई सय बढि सहभागीहरुलाई पछि पार्दै गुरुङले उपाधी जितेका हुन् । गुरुङले उपाधीसंगै नगद १५ हजार, ट्रफि, प्रमाण–पत्र साथमा १ वटा गीत रेकर्डिङ, १ वटा म्युजिक भिडियो समेत गर्न पाउने भएका छन् ।

प्रतियोगिताको निर्णय गायक तथा संगीतकार कृष्ण योन्जन, रविन कन्दङ्वा र महेश ज्ञावलीले गरेका हुन् । टप ५ मा छनोट हुदैे अन्तिम १ जना उत्कृष्ट विजेता घोषणा गरिएको निर्णयक कृष्ण योन्जनले बताए ।

महामारीका बिचमा पनि प्रविधिको प्रयोगबाट गरिएको कार्यक्रम अत्यन्तै राम्रो भएको पिएलटिभीका प्रबन्धक अनुप योन्जनले बताए ।
कार्यक्रम पिसल्याम्प इन्टरटेनमेन्टको ब्यानरमा, मोरङको पथरी शनिश्चरेमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया