शिक्षामन्त्री पोखरेललाई कोरोना सङ्क्रमण

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड- १९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन सामाजिक सञ्जाल मार्फत् अनुरोध गरेकाछन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया