हिलिहाङमा लिम्बुवान र युवा मंच गठन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
पाँचथर

सघीय लोकतान्त्रिक राष्ट्रिय मंचले भातृ संगठन विस्तारलाई तीब्र पारेको छ । मंचले बिशेष गरेर १०+१ प्रदेशको मागलाई मजबुत बनाउन भातृ संगठन विस्तारलाई तीब्र पारेको हो ।


यसै क्रममा लिम्बुवान मंचले पाँचथरको हिलिहाङ गाउँपालिका-६,स्थित तदर्थ समिति गठन भएको छ । चतुरे बजारस्थित असोज २३ गते शुक्रबार सम्पन्न भेलाले बजिन लावतीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समितिको गठन भएको हो । समितिको सहसंयोजकमा दुर्गा यवा र सदस्यसचिवमा धनसिंह लिङ्देनलाई चयन गरेका छन् ।

उक्त भेलामा मंचका जिल्ला इन्चार्ज, कुमार यवा मौसम, केन्द्रिय कमान्डर बिरेन्द्र यवा, लिम्बुवानका महासचिव संगम खनाल, जिल्ला वरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, क्षेत्रीय सदस्य हंस लावती, हिलिहाङ गाउँपालिकाका अध्यक्ष चन्द्रकुमार लिङ्देन, फालेलुङ गाउँपालिकाका सचिव कुमार यवा मौसम, संघीय युवा मंचका जिल्ला अध्यक्ष आधार घिमिरे, उपाध्यक्ष गगन जबेगु, युवा नेता पुष्पहाङ लोवा लगायतले शुभकामना मन्तव्य राखेका थिए।

त्यसैगरी भेलाले हिलिहाङ-६ मा संघीय युवा मंचको वडा समिति गठन गरेको छ । युवा मंच कैलाश यावाको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

तपाईको प्रतिक्रिया