गत २४ घण्टामा दुई हजारमा काेराेना सङ्क्रमित, उपत्यकामा मात्र एक हजार ४१६ सङ्क्रमित थपियाे

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गत २४ घण्टामा उपत्यकामा एक हजार ४१६ सहित दुई हजार ७१ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड-१९ मुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५५२ जना रहेको जानकारी दिए ।

हालसम्म देशभरि जम्मा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ३१ हजार ३१५ रहेका छन् जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना र होमआइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा प्रदेश १ मा एक हजार २९९, प्रदेश २ मा ६२०, बागमती प्रदेशमा नौ हजार ३०८, गण्डकी प्रदेशमा ६२५, लुम्बिनी प्रदेशमा एक हजार १६९, कर्णाली प्रदेशमा ४७५ र सुदूरपश्चिम प्रदेशमा १५३ जना रहेका छन् भने होमआइसोलेशनमा प्रदेश १ मा दुई हजार १८७, प्रदेश २ मा ५३४, बागमती प्रदेशमा ११ हजार ५२१, गण्डकी प्रदेशमा ५८०, लुम्विनी प्रदेशमा एक हजार ८४७, कर्णाली प्रदेशमा ४२६, सुदूरपश्चिम प्रदेशमा ५७१ जना रहेका छन् ।

गत २४ घण्टामा पिसिआर १२ हजार ४२७ जनामा गरिएको छ । त्यो सँगै हालसम्म ११ लाख ६७ हजार ९८४ को परीक्षण गरिएको छ । सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८०४ जना छन् ।

हाल क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या चार हजार ६१३ छन् जसमध्ये प्रदेश १ मा ४२९, प्रदेश २ मा १२८, बागमती प्रदेशमा ३८३, गण्डकी प्रदेशमा ६११, लुम्बिनी एक हजार ४७४, कर्णाली प्रदेशमा ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९६ जना छन् ।

कोभिड-१९ बाट मुक्त हुनेको सङ्ख्या ७०.४ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या ३२९ र भेन्टिलेटरमा उपचाररतको सङ्ख्या जम्मा ७६ रहेको छ ।


गत २४ घण्टामा कोभिड-१९ बाट २२ जनाको मृत्यु भएको छ । योसँगै कोभिड-१९ बाट ६३६ जनाको मृत्यु भएको छ ।

हालसम्म ५०० भन्दा बढी सङ्क्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, सुर्खेत, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् भने कोभिड-१९ शून्य भएका जिल्लामा मनाङ र मुस्ताङ छन् ।

विश्वमा हालसम्म तीन करोड ७५ लाख आठ हजार १४१ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित छन् भने निको हुनेको सङ्ख्या दुई करोड ८१ लाख ४८ हजार ८१ रहेको छ ।

तपाईको प्रतिक्रिया