धरानमा कोरोनाबाट धनकुटाको एक महिलाको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धरान, सुनसरी
तस्विर : गुगल

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा कोरोनाबाट आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका-३ की ६५ वर्षीय एक महिला रहेकी छिन् ।

मृत्यु हुने महिला स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल धनकुटामा उपचाररत थिइन् । उनको स्वास्थ्यमा थप समस्या थपिएपछि जिल्ला अस्पताललले धरान रिफर गरेको पारिवारिक स्रोतले जानकारी दिए ।


धरानस्थित घोपामा उपचारका क्रममा ती महिलालाई कोरोना लागेको पुष्टि भएकी थिइन् । आइसोलेसनमा उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको जिल्ला स्वास्थय कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाइले दिए ।

प्रमुख गुराँगाईका अनुसार अहिले मृत महिलाको श्रीमानमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको आइसोलेसनमा उपचाररत छन् ।

मृत महिलाको शव मुलघाट लयाउने तयारी भैरहेको स्वस्थ प्रमुख गुराँगाइले बताए । जिल्लामा कोरोना सङ्क्रमित सङ्ख्या ६० पुगेको छ । तीमध्ये ४५ जना निको भएर घर फर्किसकेका छन्, भने १५ जना उपचाररत रहेको प्रमुख गुराँगाईको भनाइ छ । उनका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु भएको भने यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया