अज्ञात रोगबाट ग्रसित रेनुका गोलेलाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

अज्ञात रोगबाट ग्रसित रेनुका गोलेले आर्थिक सहयोग पाएकी छिन् । बिरामी गोलेले नेपाल प्रबासी तामाङ समाज कतारको पहलमा संकलित ८८ हजार ९७३ रुपैयाँ र जापानमा रहेका टासी इलावा शेर्पाले १० हजार गरि ९८ हजार ९७३ रुपैयाँ सहयोग पाएकी हुन् ।


काठमाडौंको बौद्धस्थित छिमेकी क्याफेमा एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग बिमारी रेनु र उनको परिवारलाई हस्तान्तरण गरेको थियो । असोज २४ गते शनिबार हस्तान्तरण गरेको आर्थिक सहयोगका लागी तामाङ समाज नेपालले समन्वय गरेको थियो ।

त्यसैगरी जापानमा रहेका शेर्पाले भने तामाङ समाज कतारको फेसबूकबाट प्रसारित लाइभ हेरेर सहयोग गरेको हो । ‘ लाइभ हेर्दाहेर्दै मन थाम्न सकेन श्रीमतीलाई फोन गरेर सानै भएनी सहयोग पुर्‍याई दिन अनुरोध गरे ‘ शेर्पाले भने ।

धादिङ खनियाबास गाउँपालिका-५,की बिरामी रेनुको बुबा विनोद गोले, तामाङ समाज कतारका पूर्व केन्द्रिय सदस्य हुन् । बुबा विनोदका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा चेकजाँच तथा उपचार गर्दै आए पनि छोरीको रोग पत्ता लगाउन सकिरहेको छैन । विनोद भन्छन् ‘ छोरी रेनुको नाक, मुख, अँखा र कानबाट रगत बग्ने गर्छ, उनको पीडा बाँड्न मिल्ने भए म सबै लिन्थे ।’

तपाईको प्रतिक्रिया