नेपाली साझा मंच साउदीद्वारा कदरपत्र प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

नेपाली साझा मंच साउदी अरेबियाले मिडिया र विभिन्न संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरेको छ ।

मंचले कोभिड-१९ को महामारीको अवस्थामा विभिन्न माध्यमहरुबाट पुर्‍याइएको योगदानलाई मध्यनजर गदै सम्मान सहित कदरपत्र प्रदान गरेको संयोजक बिष्णु घिमिरेले जानकारी दिए ।


संयोजक घिमिरेका अनुसार एनआरएन साउदी, अन्तर संस्था समन्वय समिति साउदी ( आवद्ध सम्पुर्ण संस्थाहरू ),अन्तर संस्था समन्वय समिति रियाद (आवद्ध सम्पुर्ण संस्थाहरू) पिटी अनलाईन, एनए मिडिया ,सैलुङअनलाई, न्यु अनलाइन खवर, लाल इन्टरटेनमेन्ट, मयुरपाटी अनलाईन, अन टाईम टीभी लगायतलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन् ।

‘ कोभिड-१९ का कारण महामारीमा सुरू भए लगतै संस्थागत रूपमा कोरोना भाइरसको असरबाट पीडित भएका नेपालीलाई सहयोगार्थ हेतुले मंचले समिति गठन गरेको थियौं ‘ संयोजक घिमिरेले भने,’ मंचले यहाँ रहेका अन्य संघसंस्थासँग पनि कोरोना पीडितहरुका लागि सहकार्य गर्दै आइरहेका छौं ।’

देशको लागि त केही गरौ भन्ने चाहना र उद्देश्यका साथ यस संस्थाको स्थापना सामाजिक संजालबाट २०७२ सालमा स्थापना गरिएको थियो ।

तपाईको प्रतिक्रिया