स्याङ्जा समाज साउदीद्वारा हवाई टिकट र क्वारेन्टाइन खर्च प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया
फोटो : फाइल

समाजले सफर जेलमा रहेका रोकालाई नेपाल जान हिमालयन एयरलाइन्सको टिकट र क्वारेन्टाइन खर्च गरेर २२५० साउदी रियाल प्रदान गरेको महासचिव दिपक ठकुरीले जानकारी दिए ।

महासचिव ठकुरीका अनुसार सात महिनाअघि जेल परेका सल्यानका रोका बाटो खर्च जुटाउन नसक्दा सजाय सकिए पनि नेपाल फर्कन गाह्रो भएका हुन् ।


‘ सल्यानको रोकालाई हाम्रो संस्थाको अध्यक्ष पारस काफ्ले ज्यूले भेटे लगतै संस्थागत सहयोगको लागि कुरा राख्नुभएको थियो,’ महासचिव ठकुरीले भने,’ उहाँले कुरा राखेपछि अध्यक्षज्यू , कोषाध्यक्ष टिकाराम भुसाल र मेरो सक्रियतामा संस्थाको त्रैमासिक कोषबाट दमाम-काठमाडौं हवाई टिकट र क्वारेन्टाइन खर्च उपलब्ध गराएको हो ।’

महासचिव ठकुरीका अनुसार संस्थाले स्थापनाकालदेखि साउदीमा रोजगारी लागी आएका स्याङ्जा र अन्य कुनै जिल्लाका समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् । त्यस्तै संस्थाले साउदी र नेपालमा विभिन्न संघसंस्था वा अन्य अभियान्ताले संचालन गरेको अभियानहरुमा हातेमालो गर्दै आएको महासचिव ठकुरीको भनाइ छ ।

समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यालय स्याङ्जामा छन् । अहिलेसम्म झन्डै दुई दर्जन देशहरूमा संस्थाको शाखा स्थापित भैसकेको महासचिव ठकुरीले बताए ।

 

तपाईको प्रतिक्रिया