निर्मला घिसिङको ‘यस्तै छ हाम्रो जिन्दगी’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

गायिका निर्मला घिसिङको ‘यस्तै छ हाम्रो जिन्दगी’ बोलको गीत हालै सार्वजनिक भएको छ । नारी संवेदनामा आधारीत घिसिङको उक्त गीत स्टुडियो किङ यूट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो ।

घिसिङले आम नेपाली नारीहरुले बेहोर्ने कथा र व्यथालाई सांगीतिक माध्यमबाट चित्रण गर्न खोजेकी छिन् ।

जनवादी गायिकाको पृष्ठभूभिबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी घिसिङको सुमधुर स्वरमा रहेको उक्त गीतको शब्द रचना भरत कुलुङको छ भने संगीत मनोज राईले दिएका छन् ।

तपाईको प्रतिक्रिया