भारतद्वारा दुई देशका लागि राजदुत नियुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
भारत

भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।


भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गरेको मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।

विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गर्नुभएका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ । त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

उनी पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुन् । उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेका मन्त्रालयले जनाएको छ । उनीहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्न पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ ।

 

तपाईको प्रतिक्रिया