कक्षा १२ को परीक्षाफल प्रकाशित

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

राष्ट्रिय परीक्षा बोर्डले बैशाखमा संचालित कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए ।

ग्रेड अनुसार ३.६१-४ ल्याउने ३ हजार ६७, ३.२१-३.६० ल्याउने १६ हजार २०४, २.८१-३.२० ल्याउने ३१ हजार ०६२, २.४१-२.८ ल्याउने ५६ हजार ५०३ रहेका छन् ।

यसैगरी २.०१-२.४० ल्याउने ८६ हजार २२७, १.६१-२ ल्याउने ६२ हजार ६१९, १.२१-१.६ ल्याउने १९ हजार ८५८, ०.८१-१.२० ल्याउने ३ हजार ५२४ र ०-०.८ ल्याउने १३ हजार ३६२ रहेका छन्।

कसरी हेर्ने रिजल्ट ?

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डको http://www.neb.gov.np/results र नेपाल टेलिकमको http://neb.ntc.net.np/ वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया