रसुवामा पनि ७० औं चेम्बर दिवस मनाइयो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रसुवा

नेपाल चेम्बर अफ कर्मसको ७० औं स्थापना दिवस रसुवामा पनि मनाइएको छ ।

मंगलबार गोसाइकुण्ड गाउँपालिका-६ धुन्चेमा उद्योग तथा व्यापारीहरूको हकहितको पक्षमा ओकालत गर्ने संस्था रसुवा चेम्बरको आयोजनामा नागरिक समाज, चेम्बरका पदाधिकारी, पत्रकार समेत सहभागीता थिए ।

कोभिड–१९ ले पारेको असरबारे छलफल भई आगामी दिनहरूमा के गर्न सकिन्छ ? भन्ने विषयहरूमा समेत व्यापक छलफल भएको अध्यक्ष सन्जिव अमात्यले बताए ।

तपाईको प्रतिक्रिया