आदिवासी पहिचानको अन्दोलनलाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
न्युयाेर्क

जनाताको राज्यसत्ता आयो भनिएतापनि नेपालका आदिबासीहरुको पहिचान (संस्कृति, रिति तिथि, थातथलो, खोलानाला आदिको नाम आदि) को श्रृंखलाबद्व अतिक्रमण नेपालमा जारी छ। आदिवासीहरूको ऐतिहासिक पहिचान अतिक्रमणविरुद्ध आदिवासीहरु आन्दोलित हुन थालेकाछन् । ताप्लेजुङ, पाँचथर, काठमाडौको आन्दोलन केही उदाहरण हुन् । पाथीभरा नामाकरणविरुद्व ताप्लेजुङमा आन्दोलन भइरहेका छन् ।

मुकुम्लुङ लिम्बुवानको ऐतिहासिक धार्मिक मुन्धुमी पहिचान हो । यसको पहिचानलाई जोगाउनको लागि अमेरिकामा रहेका पहिचानवादीहरूले आन्दोलनलाई आर्थिक तथा नैतिक सहयोग गरेका छन् । प्रा.डा. महेन्द्र लावतीको अगुवाईमा मुकुम्लुङ संघर्ष समितिलाई आर्थिक सहयोग गरेको छ ।


सहयोग जुटाउनेहरूमा न्युयोर्कबाट प्रेम कुरूङबाङ, निला जवेगु, लोक चेम्जोङ, सुमन थाम्सुहाङ साथै क्यालिफोर्नियाबाट ओमराज सम्बाहाम्फेले संयोजन गरिएको थियो ।

पहिचानबादीहरूको आन्दोलनप्रतिको ऐक्यबद्वता स्वरूप २ लाख ६३ हजार ३६८ संघर्ष समितिलाई पठाएको आर्थिक संकलन अभियानका सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले बताए ।

सम्पूर्ण सहयोगी महानुभावहरूलाई प्रा.डा.लावतीले धन्यवाद दिदै हाम्रो आन्दोलनमा सहकार्यका सबैलाई अनुरोध गरे ।

तपाईको प्रतिक्रिया