तीन मन्त्रीले गरे शपथ ग्रहण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको हुन् ।

तपाईको प्रतिक्रिया