पासाङबुट्टीको पञ्चायतदेखि गणतन्त्रसम्मका राजनीतिक यात्रा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा राजनीतिक यात्रालाई पछ्याइरहेका राजनीतिज्ञ हुन्, पासाङबुट्टी तामाङ घले । उनी पञ्चायतकालमा आफ्नो मित बुबा प्रधानपञ्च करसिंगी तामाङ र उपप्रधानपञ्च बुबा खाम्बा तामाङ हुँदादेखि नै राजनीतिलाई चासोमा लिने गथ्र्याे ।

रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ बोकेझुण्ड (काप्से)की पासाङबुट्टि हाल सोही वडाका जनप्रतिनिधि महिला सदस्य हुन् । उनले २०७४ को निर्वाचनमा बढी मत ल्याएर विजयी भएकी छिन् ।

उनी सुवेदार सोमबहादुर घलेसँग बैवाहिक जिवनमा बाँधिएका हुन् । खेतीपाती मुख्य पेशा रहेका उनले राजनीतिक र समाजसेवालाई पनि निरन्तर दिइरहे । देशमा राजनीतिक परिवर्तनसँग विभिन्न कालखण्डमा उनी निर्वाचित जनप्रतिनिधि भइन् । उनी वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट धुन्चे–२ रसुवाबाट वडाध्यक्ष निर्वाचित भएकी थिइन् ।

राजनीतिक उत्तरचढावमा कहीकतै विचलित नभई लागिपरेकी पासाङबुट्टि भन्छिन्, ‘मलाई पार्टीले फेरि निर्वाचन लड्न, जनताको सेवा गर्न, मेरो एक मुठी सास रहेसम्म नेकपाप्रति सधैं २५ वर्षे जोसकासाथ लाग्छु ।’

‘सधैं जनताको सेवामै समर्पित रहन्छु’, उनी भन्छिन, ‘कहिले पार्टीको सर्वदलीय प्रतिनिधि, कहिले नागरिक वडा मन्चको अध्यक्ष, कहिले महिला स्वयंसेविका भइ काम गरे ।’

तपाईको प्रतिक्रिया