एसएसपी टेक तामाङलाई पितृशोक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल प्रहरीका एसएसपी तथा वरिष्ठ गीतकार टेकबहादुर तामाङलाई पितृ शोक परेको छ । तामाङको पिता भीमबहादुर तामाङको सोमबार ९० वर्षको उमेरमा निधन भएको हो ।

स्व. भीमबहादुरका ९ जना छोराछोरीहरु छन् । जसमा छोराहरु दानबहादुर तामाङ, रत्नबहादुर तामाङ, टेकबहादुर तामाङ हुन् । यस्तै छोरीहरु चन्द्री तामाङ, मणि तामाङ, फुलमाया तामाङ, देवी तामाङ, भगवती तामाङ र शुक्रमाया तामाङ रहेका छन् ।


वि.सं. १९८७ मंसिरमा जन्मेर भोजपुर हेलौंछाको गोपिनी सामुदायिक वन उपभोक्त समितिको नेतृत्वमा रहेर वन संरक्षण गरेका थिए । त्यस्तै  सिंहवाहिनी प्रावि र कालिका माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर शिक्षाको योगदान गरेका थिए ।

शिक्षाको विकासमा सक्रिय रहेका स्व. तामाङले सामाजिक विकासमा उत्तिकै योगदान दिएका थिए ।

एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भएपनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् । उनको ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरेर १ हजार गीत रेकर्डिङ र प्रकाशन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया