ठगी गर्ने दूतावासका कर्मचारीबाट रकम फिर्ता

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

नेपाल पठाउन भिसा मिलाई दिने प्रलोभन देखाई ठगी गर्ने दूतावासका कर्मचारीबाट पैसा फिर्ता गरेको छ । प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले दमामस्थित अजमिल कम्पनीका ३० जना नेपाली पीडितहरुको पैसा फर्काइएको सदस्य रामचन्द्र वाग्लेले जानकारी दिए । मंच सत्ताधारी पार्टी नेकपाका प्रवास संगठन हुन् ।

सदस्य वाग्लेका अनुसार लामो समयदेखि पीडित भएर बसेका अजमिल कम्पनीमा रहेका नेपालीहरुलाई चार्टर विमानबाट नेपाल जान भिसा दिने बहानामा दूतावासका कर्मचारी बिम्लेशकुमार मिश्रले ठगी गरेको हुन् । कर्मचारी मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल नेपाली झन्डै ३ लाख रुपैयाँ सोही कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी आफ्ना नाममा रकम पठाउन लगाएको मंचका सदस्य वाग्ले बताए ।

सदस्य वाग्लेका अनुसार कर्मचारी मिश्रले रायमार्फत ९ हजार ४ सय रियाल फिर्ता गरेका हुन् । कर्मचारी मिश्रले फिर्ता गरेको रकम ३० जनालाई फिर्ता गरि बाँकी रहेका ४ सय रियाल दिनेश रायलाई जिम्मा दिएको सदस्य वाग्लेको भनाइ छ ।

‘ दमामस्थित अजमिल कम्पनीमा कार्यरत पीडित नेपालीहरुले दिनेश राय नाम गरेको व्यक्तिले नेपाल पठाउछु भनेर ठगी गरेको निवेदन आएपछि हामीले सोधखोज गर्दा दूतावासको कर्मचारी संलग्न पायौं’ सदस्य वाग्लेले भने, ‘ कर्मचारी मिश्रले ठग भनिएका रायलाई भरियाका रूपमा प्रयोग गरेको पाएपछि दूतावाससँग हदैसम्म कारबाही गर्न अनुरोध गरेको हौं ।’


कर्मचारी मिश्रले साउदी सरकारद्वारा नेपाली दूतावासको अनुरोधमा लामो समयसम्म कम्पनीले आवासीय अनुमतिपत्र (ईकामा) नवीकरण नगरेका तथा नबनाइका नेपालीहरुलाई नि:शुल्क दिने बर्हिगमन भिसाको पैसा लिइएको सदस्य वाग्लेले बताए । वाग्ले भन्छन्, ‘यो एउटा प्रतिनिधि घटना मात्र हुन् , रियाद क्षेत्रमा दूतावास कर्मचारी मिश्रले धेरै जना नेपालीहरुसँग रकम लिएको अपुष्ट खबर फैलिएको छ ।’

मंचद्वारा कारबाहीको मागसहित निवेदन दिएपछि दूतावासले कारबाहीका लागि कर्मचारीलाई नेपाल फर्काइएको मौखिक जानकारी दिइएको सदस्य वाग्लेले बताए । वाग्लेले थपे, ‘यस्ता कर्मचारीलाई विभागीय कारबाहीले मात्र पुग्दैन अख्तियारमै दिनुपर्छ ।’ वाग्लेका अनुसार पीडितहरुको रकम फिर्ता गर्न मंचका सदस्य हरि बुढाथोकी र प्रवासी नेपाली एकता मंंच खोबारका अध्यक्ष रमेेश अधिकारीलेे मुुुख्य भूूमिका खेेेेेलेका थिए ।

गत फागुनमा साउदी आएका मिश्र जनकपुरका हुन् । भर्खरै साउदी आएका कर्मचारी मिश्रले गलत कार्य गरेको पाएपछि नेपाल फर्काइएको दूतावासले जानकारी दिए । दूतावासका अनुसार कर्मचारी मिश्रविरुद्ध परेका निवेदन तथा कागजपत्र लगायत सम्बन्धित निकायमा पठाइसकेका छन् ।

तपाईको प्रतिक्रिया