जिल्ला विपद व्यवस्थापन समितिले दोलखाको सम्पूर्ण स्थानीय तहलाई टेण्ट र त्रिपाल पठाउने भएको छ । समितिको जिल्ला प्रशासन कार्यालय चरिकोटमा सोमबार बसेको बैठकले जिल्ला विपद व्यवस्थापन समिति र तारा दल गणसँग रहेको त्रिपाल र टेण्ट आवश्यकताका आधारमा जिल्लाका २ नगरपालिकासहित ७ वटै गाउँपालिकामा पठाउने निर्णय गरिएको हो ।
समितिको वैठकले उद्धार गर्न गोताखोर टोलीका लागि आवश्यक पर्ने डुंगा, लाईफ ज्याकेट, डोरी र टेण्ट सबै स्थानीय तहको साझेदारीमा खरिद गर्ने निर्णय गरिएको छ । उक्त सामग्री सबैलाई पायक पर्ने स्थानमा राखीने र आवश्यक परेका बेला प्रयोग गरिने जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।