प्रहरी दिवसमा तीन प्रहरी सम्मानित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

‘कानुन र न्याय नै हुन्छ भन्दा माथि, शान्ति सुरक्षा कायम गर्न प्रहरी हो सवभन्दा साथी’ भन्ने मुल नाराका साथ रसुवामा पनि प्रहरी दिवस मनाईएको छ।


जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा शुक्रबार देशभर ६५ औ प्रहरी दिवश मनाइरहँदा सोही अवसरमा रसुवामा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी सम्मानित भएका छन्।

सम्मानित हुनेहरूमा प्रहरी साहायक निरिक्षक अभिनास भण्डारी, प्रहरी हवल्दार मनबहादुर सुर्यवङ्सि र राम डङ्गोल रहेका छन्।
उनीहरूले जिल्लामा खोज तथा उद्वारका कामहरू गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि पन्त, सहायक जिल्ला न्यायाधिवक्ता बाबुराम भट्टराई, कालिजंग गणका सेनानि सुरेन्द्र रोक्का, अनुसन्धान अधिकृत, सशस्त्र प्रहरी प्रमुख, पत्रकार लगाएत महानुभावहरूको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया