रेश्माको दशै गीत सार्वजनिक

सबिन घिसिङ संवाददाता
काठमाडाैं

गायिका रेश्मा बमजन तामाङ र साथीहरूको ‘दशैं आउदा तिहार आउँदा’ बोलको म्युजिक भिडियो गत सोमबार सार्वजनिक भएको छ ।

गायिका बमजनको साथमा डिजे मेवाहाङ, प्रदीप ग्लान र प्रमिला पुनले संयुक्त आवाज दिएका छन् ।


केशव बिश्वकर्माको शब्द संगीत र छायांकन, राजेन्द्र बजगाइको संगीत संयोजन रहेको यस म्युजिक भिडियोमा मोहन सुनुवार नबिन को सम्पादनमा प्रदीप ग्लान आफैले निर्देशन गरेका हुन् ।

बाध्यताबस बिदेशिदा दशैं तिहार जस्तो विशेष पर्वमा आफ्नो माया सँगै रमाउनु नपाउँदाको बिदेशीएका आम नेपालीको पीडालाई गीतमा सुन्दर ढङगले प्रस्तुत गरेकोले समग्रमा यो सिर्जना यथार्थपरक र सुन्दर बनेको छ ।

गायिका बमजनको लोक, आधुनिक, तामाङ सेलो, तामाङ म्हेन्दोमाया लगायत दर्जनौं गीतहरु बजारमा सफलशिद्ध भइसकेका छन् ।

तपाईको प्रतिक्रिया