धुन्चेमा शङ्ख पार्क निर्माण सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

गोसाइकुन्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा निर्माण गरिएको शङ्ख पार्क विधिवत उद्घाटन गरेको छ ।

शनिबार धुन्चेका प्रमुख लामा नुर्पुछोवाङ घले, पुर्व सविधानसभा सदस्य छोवाङतेन्जिङ तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ लगायतले संयुक्त उद्घाटन गरेका हुन् ।


गोसाईकुन्ड गाउँपालिका स्याफ्रुबेशी, मानेकोर सोसाइटी नेपाल धुन्चे, युएनडिपि, रसुवा संरक्षण तथा सास्कृतिक कला समुहको सहजिकरणमा करिव १७ लाख ३३ हजार एक सय ४६ हजार ९८ रूपैयामा निर्माण भएका हुन् ।

बौद्व धर्म अनुसार भगवान र मानव युगमा मानव बस्ती छनौट गर्ने क्रममा भगवानले परापूर्व कालमा बोङझो डाँडावाट शङख फाल्दा हालको धुन्चेको ब्राबल भन्ने स्थानवाट उक्त शङख अडिन पुगेको थियो । उक्त शङख अडिएको स्थानलाई मानव बस्ती बस्न योग्य र सदैव भगवानको कृपा रहने स्थान हुने भनी फालिएको सो शङख ठाडो भइ अडिएकोले स्थानीय भाषामा शङखलाई धुङ र ठाडो भई अडिएकोलाई लाङग भनिएको हो । यी दुई शब्द मिलि बनेको धुङलाङ शब्दबाट यस ठाउँको नामाकरण भएको किम्वदन्ती छ ।

शङख पार्कले जिल्ला कै नमुनाकाका रूपमा रहने बताइएको छ । पर्यटन प्रबद्र्वनमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया