लिङलिङका पहिरो पीडितलाई सेर्थाङद्वारा सहयोग

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

सेर्थाङ युवा समाजद्वारा गोसाईकुन्ड गाउँपालिका वडा नं. ३ लिङलिङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् ।


गएको साउन महिना २५ गते अविरल वर्षाका कारण पहिरो गई विस्थापित भएका दावाछोक्पा तामाङ,ग्याल्साङ तामाङ, कर्मातेन्जिन तामाङ र कामी छिरिङ तामाङको परिवारलाई सहयोग गरेका हुन् ।

उनीहरुलाई जनही १२ हजार ५ सय रुपैयाँका दरले वितरण गरिएको छ । कार्तिक १ गते लिङलिङ पीडितहरूको घरमा नै पुगी नगद वितरण गरिएको थियो ।

दुखमा अलिकति भएपनि साथ दिएको समाजका अध्यक्ष सोनाम छिरिङ घलेले बताए ।

तपाईको प्रतिक्रिया