ओपोको ‘वाटरफल स्क्रिन’

डिजाइन एस्थेटिक्सको उत्कर्स र उत्कृष्ट दृष्यानुभवको प्रखर नमुना

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ । यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ । यसले ओपोको मोबाइल फोनलाई नयाँआकार दिने नव प्रबर्तनात्मकतातिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुल स्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजी पनि प्रतिबिम्बित गरेको छ ।

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँआकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आर एण्ड डीका ५ प्रमुख क्षेत्र मध्ये एक हो । कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनिओपोको फराकिलो अनुभव रहेको छ । पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिकआर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन-टू-बडी रेसियो प्रस्तुतगरिसकेको छ । नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।

उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नव प्रबर्तनात्मक प्रविधिविचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ । अब वाटरफल स्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका