भिमेश्वर मन्दिरलाई सांसद तामाङद्वारा आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकाेट

नेपाली कांग्रेसका नेता एवं सांसद बहादुरसिंह लामाले भिमेश्वर मन्दिर निर्माणका लागि शनिबार आर्थिक सहयोग गरेको छ ।

सांसद लामाले बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेवफाँट स्थित जीर्ण रहेको भिमेश्वर मन्दिरको पुननिर्माणका लागि एक लाख रुपैयाँ रुपैयाँ सहयोग गरेका हुन् ।

समितिका अध्यक्ष सजित भण्डारीलाई चेक हस्तान्तरण गर्दै पुन ५० हजार थपिदिने प्रतिवद्वता जनाएको छ ।


वडा दशै, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा बेलकोटगढी वडा नं. ७ काङ्ग्रेसद्वारा आयोजित शुभकामना आदनप्रदान सांसद लामाले ग्रामीण क्षेत्रको मुहार फेर्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

यस्तै स्थानीय समाजसेवी अर्जुन खनालले पनि मन्दिरका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पूर्व जिल्ला उपसभापति चोकराज शाक्य, नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश ‘क०’का सभापति एवं बेलकोटगढी नगरका मेयर प्रत्यासी यादव नेपाल, नेपाली काङ्ग्रेस बेलकोटगढी वडा नम्बर ७ का सभापति एवं वडाध्यक्ष हेमनिधि नेपाल र नेपाली काङ्ग्रेस वडानम्बर ७ का सक्रिय व्यक्तित्व रामचन्द्र नेपाल लगायतले स्वास्थ्य सावधानी अपनाएर चाडपर्व मान्नलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया