सांस्कृतिक मंचमा विष्ट, तमुवानमा आले

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
कास्की

तमुवान कास्की र सांस्कृतिक मंच तमुवान गठन भएको छ । उक्त ससंगठनहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीसँग आबद्ध हुन् । शनिबार पोखरामा गठित तमुवान जिल्ला कार्यसमितिको अध्यक्षमा सन्तोष आले मगरलाई चयन गरिएको छ । समितिमा अध्यक्षसहित गरेर १७ सदस्यीय बनाएको हो ।

कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिव खगेन्द्र छन्त्याल, अर्थसचिव अम्मर छन्त्याललाई चयन गरिएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्तिरहेकाछन् ।


यस्तै कार्यक्रममा पार्टीको तमुवान सांस्कृतिक मंचसमेत गठन गरिएको छ । सांस्कृतिक मंच राजेन्द्रबहादुर बिष्ट संयोजक रहनेगरी १३ सदस्यीय कार्यसमिति बनाएका हुन् ।

सांस्कृतिक मंचको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा क्रमशः मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गीता थापा, जुना विक, कमलबहादुर कार्की शिला थापा रहेकाछन्।

कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा तमुवान मञ्चका अध्यक्ष गजेन्द्र लिम्बुले पहिचानसहितको सङ्घीयता स्थापित नभएसम्म वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । उनले थपे ‘ सङ्घीयतालाई मर्मसहित स्थापित गर्नका लागि सबै एक हुनुपर्ने र त्यसको लागि तमुवानले पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया