रसुवामा एघार हजार घर पुननिर्माण, अरु अस्थायी टहरामा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

२०७२ को भुकम्पबाट विस्थापित रसुवा जिल्लाका दुई सय ३१ परिवार अझै जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका छन् ।
उनीहरु रसुवा र नुवाकोटको विभिन्न स्थानमा अझै सम्म अस्थायी टहरामै बसि रहका छन् । धेरै जसो विस्थापित परिवार उत्तरगया गाउँपालिका—५, बोगटीटार र खाल्टेमा बसेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट गरिएको भौगर्भिक अध्ययनले खाल्टेमा दुई सय ३१ विस्थापित परिवार बसोबास गरि रहेका छन् । विस्थापित परिवार सुरक्षित स्थानमा स्थानान्तरण नहुँदा पाँच वर्ष देखि अस्थायी टहरामै बसोबास गर्न वाध्य छन् ।

विस्थापित भएर खाल्टेमा बसिरहेका छेकु लामा बताए । लामो समयदेखि टहरामा नै बसीरहँदा दैनिकी जिवन कष्टकर बन्दै गएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट गरिएको भौगोलिक अध्ययनले जिल्लाका ७० स्थानका बस्तीहरु जोखिमयुक्त देखाएको छ ।

उत्तरगया गाउँपालिकाको करुमर्याङ चिप्लेटी, गोगने, मैलुङ, सिरुचेत, तिरु, पैरेबेसी, लयुङ लगायत विभिन्न ठाउँलाई जोखिम युक्त बस्ती भनी प्रमाणित गरेको छ ।

गोसाईकुण्ड गाउँपालिकाको दाहालफेदी, मेन्दोगाउँ, तर्सा, देश्यागाउँ लाङटाङ, मुण्डुप, सिन्धुम, गुम्चेत, लामा होटल लगायत बस्ती पहिरोको जोखिममा छन । यी बस्तीहरुमा अझै भुकम्प पिडित परिवार बसोबास गरिरहेका छन् । ७० मध्ये बसोबास रहेका ३० वटा वस्तीलाई पुर्ण रुपमा स्थानान्तरण गर्नु पर्ने सुझाव दिइएको थियो ।

अन्य २५ वस्तीलाई भने आवश्यक पुर्वाधार तारजाली, ढल, निकास पर्खाल, वक्षरोपण गरी सुरक्षित गर्न सकिने प्राविधिकले सुझाव दिएका छन् । प्राधिकरणले जोखिम युक्त ७० वटा वस्तीमा रहेका एक हजार एक सय २७ परिवारको लाभग्राही सुचीमा प्रकाशन गरेको छ । ति मध्ये अहिले सम्म छ सय ८७ परिवारले जग्गा खरिद गरिसकेका छन् । तिन सय ४८ परिवारको स्थानान्तरण गर्ने प्रक्रिया बाकी छ । सुरक्षित स्थानमा बसोबास गर्न जग्गा खरिद गरिसकेका परिवारले पनि अझै घर बनाउन सुरु गरेका छैनन । छ सय ६८ परिवारले मात्र घर बनाउन सुरु गरेका छन् ।


सुरक्षित स्थानमा स्थानान्तरण हुने छ सय ८० परिवार मध्ये धेरै जसो एकिकृत बस्तीमा जाने तयारीमा छन् । एकीकृत बस्ती निर्माणमा ढिलाई हुँदा जोखिमयुक्त बस्तीमा बसोबास गरिरहेका पिडित परिवार थप जोखिममा छन् । प्राधिकरणले रसुवाको पाँच स्थान लाङबुमा २२, तिरुमा एक यस २५ बोगटीटारमा ५५ पैरेबेसिमा एक सय २८ र पाङलिङमा ५१ परिवार लाई एकिकृत बस्ती बसाएर राख्ने प्रकृया अघि बढेपनि काम सुरु हुन सकेको छैन् ।

चार ठाउँमा एकीकृत बस्ती निर्माण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट एक वर्ष अगाडी नै कार्यक्रम स्वीकृत भइसकेको हो तर अहिलेसम्म एकीकृत बस्तीमा जाने परिवारको पनि घर निर्माण ढिलाई लकडाउन लगायत कारणले गर्दा एकीकृत बस्ती निर्माणमा ढिलाई भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवन इन्जिनियर सरोजकुमार यादवले जानकारी दिए ।

हालसम्म रसुवामा १० हाजर नौ सय ९८ घर निर्माण भइसकेका छन् । जिल्लामा सबै गरेर १२ हजार आठ सय १७ जना भुकम्प पीडित लाभग्राही छन् । त्यसमध्ये १२ हजार एक सय ४९ जनाले पहिलो किस्ता वापतको ५० हजार बु्झिसकेका छन् । दोस्रो किस्ता बुझ्नेको सङख्या ११ हजार पाँच सय ६८ रहेका १० हजार नौ सय ९८ जनाले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका