खाँडादेवीको एकीकृत नमुना बस्ती अन्तिम चरणमा

सविन घिसिङ संवाददाता
रामेछाप

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नंं. ३ दाप्खाको एकीकृत नमुना कृषि पर्यटन माझी वस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वागमती प्रदेश सरकारका कृषि तथा भुमि ब्यबस्था मन्त्री दावा दोर्जे लामा लगायतले अनुगमन गर्दै सो दसै लगतै हस्तान्तरण गर्ने तयारीमा रहेको बताएका छन् ।

मन्त्री लामाले निर्माण कार्य समयावधि भित्रै सकिने र उद्देश्य अनुरुप बस्ती उपभोक्ताहरु लाभान्वित हुनेमा बिश्वास दिलाए ।


पालिका अध्यक्ष प्रेमबहादुर तामाङले द्रुत गतिमा यसको निर्माण कार्य भइरहेको बताउँदै माझी समुदायको आय आर्जन बृद्वि गर्न थप कार्यक्रमहरु ल्याउने उद्घोष गरे ।

नमुना वस्ती प्रदेश सरकारको १ करोड ५० लाख र पालिकाद्वारा ७५ लाख गरि कुल २ करोड २५ लाखको लागतमा निर्माण भएको अध्यक्ष तामाङले जानकारी दिए ।

अवलोकन कार्यक्रममा अनुगनमा वागमती प्रदेशका सांसद शान्ती पौडेल, प्रदीप कटुवाल, राजन दाहाल, बिनोद खड्का तथा केन्द्रीय भुमि ब्यबस्था आयोगका सदस्य केशव देवकोटा लगायतका विशिष्ट ब्यक्तित्वहरुले सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया