नगरपालिकाद्वारा सुझाव संकलन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढका स्थानीय व्यवसायी र जनप्रतिनिधिहरुले प्रस्तावित औद्योगिक ग्राममा स्थानीयस्तरबाट उत्पादन हुने खालका उद्योग स्थापना गर्न सुझाव दिएका छन ।

सोमबार निजगढ नगरपालिका कार्यालय गणेश भवनमा सम्पन्न सुझाव संकलन छलफलका सहभागीहरुले स्थानीय स्तरमा उत्पादन हुने कृषि र पशु उत्पादनमुखी उध्योग स्थापनाकालागी जोड दिन नगरपालिकालाई राय दिएका छन ।


छलफलमा सहभागीहरुले उद्योगबाट उत्पन्न हुने प्रदुषण र वातावरणमा पुग्ने असरले गर्दा स्थानीय प्रभावित हुने भन्दै प्रदुषरहित उध्योग स्थापना गर्नु उपयुक्त हुने बताएका थिए ।

नगरपालिकाका मेयर सुरेशकुमार खनालको सभापतित्वमा सम्पन्न छलफलमा उपमेयर लिलादेवी लामिछाने खनाल,प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्की,पर्यटन व्यवसायी युवराज लामा,वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा,वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुमर,वडा नम्बर ७ का वडा अध्यक्ष रामजी प्रसाद बजंगाई,निजगढ नगरपालिकाका शाखा अधिकृत पदमराज तिमल्सिना,निजगढ नगर उध्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल,सदस्य ज्ञानेन्द्र चौलागाईं,वडा नम्बर ९ का वडा सदस्य गोकुल न्यौपाने,परामर्शदाता अमृत ज्ञवाली लगायतको सहभागिता रहेकोथियो। निजगढ नगरपालिका वडा नम्बर ९ को लालबकैया नदि किनारको २१ बिगाह भन्दा बढी क्षेत्रफलमा औध्योगिक ग्राम स्थापनाकालागी डीपीआर तयार गरेको छ ।

उद्योग स्थापना पश्चात स्थानीय स्तरमा रोजगारीको सृजना हुने र नगरपालिकाको आम्दानीमा समेत वृद्धि हुने भएकाले नगरपालिकाले औध्योगिक ग्राम स्थापना गर्न लागेको नगरपालिकाका मेयर खनालले बताए । मेयर खनालले नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि डीपीआर तयार गरिसकेको बताउँदै अब छिट्टै अन्य प्रक्रियामा अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया